Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फ्राइडे रिलिज : हलमा लागे ‘नाईं नभन्नू ल–६’, ‘कैदीको पत्र’ र ‘प्रसाद–२’

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रबार) नेपालमा चारवटा चलचित्र एक साथ रिलिज भएका छन् ।

‘प्रसाद–२’, ‘नाईं नभन्नू ल–६’, ‘पासाङ : इन द स्याडो अफ एभरेस्ट’ र ‘कैदीको पत्र’ आजबाट प्रदर्शन आएका हुन् ।

‘पासाङ : इन द स्याडो अफ एभरेस्ट’ भने पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाले चौथो पटकको प्रयासमा कसरी सगरमाथा आरोहण गरिन् भन्ने कथावस्तुमा आधारित डकुमेन्ट्री फिल्म हो ।

देशभर एकसाथ प्रदर्शनमा आएका तीनवटै फिल्म फरकफरक कथामा बनेको हो । तीन फिल्म मध्य देशभरको चलचित्र घरमा ‘प्रसाद २’ ले धेरै शो पाएको छ ।

आजदेखि तेस्रो सातामा चलिरहेको ‘जारी’ पनि उच्च शोसहित प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077