Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • अयोग्य लडाकुलाई रकम बाड्ने सरकारको निर्णय खारेज गर्न एमालेको माग

    अयोग्य लडाकुलाई रकम बाड्ने सरकारको निर्णय खारेज गर्न एमालेको माग

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 732
    SHARES

    काठमाडौं । नेकपा एमालेले अयोग्य घोषित माओवादी लडाकुलाई २ लाखका दरले सहयोग उपलब्ध गराउने सरकारको निर्णय खारेज गर्न माग गरेको छ ।

    शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको स्वीकृत उक्त कार्यविधिको विषयमा विरोध गरेको हो ।



    गिरीले देशमा आर्थिक संकट परिरहेको अवस्थामा सरकारले सरकारी रकम कार्यकर्तालाई बाड्ने तयारी गर्नु गलत भएको बताए ।

    उनले शान्ति प्रक्रियालाई टुंगाउन नखोज्ने तर राज्य कोषबाट रकम लुटिएको आरोप लगाउँदै अयोग्य लडाकुलाई रकम दिने निर्णय तत्काल खारेज गर्नुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार