Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माधव नेपाल भन्छन्- संघ र प्रदेशहरुमा सरकारको नेतृत्व आलोपालो गर्नुपर्छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारहरूको नेतृत्वमा आलोपालो हुने बताएका छन् ।

नेपालले शुक्रबार जनकपुरधाममा समाजवादी पत्रकार सङ्गठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले संघ र प्रदेश सबै सरकारमा गठबन्धनका दलको पालैपालो नेतृत्व हुने बताएका हुन् ।

कुनै एक दलको बहुमत नरहेकाले सरकार निर्माणमा अन्य पार्टीको भावनालाई पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

उनले प्रदेश सरकारहरू धमाधम परिवर्तन हुन थालेको भन्दै एकीकृत समाजवादी पनि प्रदेश सरकारमा सामेल हुने बताए।

भर्खरै सम्पन्न उपनिर्वाचनको परिणामले हालका देशका मुख्य मूलधारका पार्टी समयमै समीक्षासहित सुध्रिन सन्देश दिएकाले त्यसको तत्कालै समीक्षा गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077