Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

खाद्य अनुज्ञापत्रका लागि डेढ लाख घुस लिने अधिकृत ढुंगेल अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुङ्गेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौंका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुङ्गेलविरूद्ध विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

ढुङ्गेलले सेवाग्राहीसँग अनुज्ञापत्रका लागि १ लाख ५० हजार घुस लिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।

आयोगको टोलीले उनलाई सेवाग्राहीबाट घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिमको कसुरमा बिगो एक लाख ५० हजार रुपैयाँ कायम गरी ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र विगो वमोजिम जरीवाना हुन मागदावी लिई आज आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077