Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सत्तापक्षका सांसदको अवरोधपछि संसद बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं । सत्तापक्षको संसद् अवरोधपछि सभामुख देवराज घिमिरेले संसद् आधा घन्टाका लागि स्थगित गरेका छन्।

हत्या अभियोगमा फरार एमाले सांसद् लक्ष्मी महतो कोइरी संसदमा उपस्थित हुन नसक्नुको कारण स्वास्थ्य उपचार देखाइएपछि सत्ता पक्षले संसद् अवरुद्ध गरेको हो।

सभामुख घिमिरे सांसद कोइरीलाई विरामी सांसदहरुको सूचीबाट हटाउन तयार नभएपछि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले उठेर विरोध गरेका थिए ।

संसद् बैठकमा बिना सुचना १० पटकसम्म लगातार बैठकमा अनुपस्थित भएमा स्वतः सांसद पद खारेज हुने भएपछि कोइरीले पत्र लेखेर उपस्थित हुन नसकेको जनाएका हुन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077