Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अब केपी ओली र माधव नेपाल प्रतिनिधिसभाको एउटै समितिका सदस्य

काठमाडौं । सभामुख देवराज घिमिरेले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा विषयगत समिति सदस्यको नाम पेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्य भएका छन्।

पानी बाराबारको सम्बन्धमा रहेका ओली र नेपाल संयोगबस पार्टीगत सिफारिसका आधारमा अहिले प्रतिनिधिसभाको एउटै विषयगत समितिमा परेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने कानुन, न्याय तथा मानवअधिकार समिति रोजेका छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्य व्यवस्था तथा सुशासन समिति रोजेका छन्।

यस समितिमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समेत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077