Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

देशमा शान्ति, सुरक्षा कायम गर्न सरकार असफल भयो : विष्णु रिमाल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सरकार देशमा शान्ति, सुरक्षा कायम गर्न असफल भएको आरोप लगाएका छन् ।

एमालेले शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव रिमालले यस्तो बताएका हुन् । उपमहासचिव रिमालले कोशी प्रदेशमा एमाले लक्षित गरि भइरहेको आन्दोलनले सरकारले शान्ति सुरक्षा दिन असफल हुँदै गएको बताए ।

उपमहासचिव रिमालले आफ्नो नेता तथा कार्यकर्ताको सुरक्षाको जिम्मेवारी आफैैंले लिनुपर्ने अवस्था आएको उल्लेख गर्दै एमाले कमजोर बनाउन राज्यसंरक्षित आतंक सिर्जना भएको उल्लेख गरे ।

उपमहासचिव रिमालले भने,'हरेक दलले आफ्नो नेता तथा कार्यकर्ताको सुरक्षा आफैंले लिनु पर्ने अवस्था आउनु भनेको राज्य र शासन रहँदैन । यो कुरा पनि पहिलेदेखि सरकारलाई भनिसकेका छौं ।एमालेको पकड क्षेत्रमा राज्य संरक्षित रुपमा आतंक सिर्जना गरेर कमजोर बनाउने खोजेको देखिन्छ ।'

सरकारमा बसेका दलका कार्यकर्ताले योजनाबद्ध रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवास नेम्वाङमाथि आक्रमण गरेको उपमहासचिव रिमालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077