Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रहरी अस्पतालका तीन एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका ३ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयको बढुवा समितिको बैठकले शुक्रबार ३ जना एसपीलाई बढुवा गर्न सिफारिस गरेको हो।

बढुवामा पहिलो नम्बरमा डा.संज्ञा मल्ल,दोस्रोमा डा.दिवा शर्मा र तेस्रोमा डा.आषिश दत्तलाई एसएसपी बढुवामा सिफारिस गरेको छ।

आज मात्रै बढुवा समितिले नेपाल प्रहरी जनपद प्रहरी समूह तर्फका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077