Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मुलुकलाई सहि बाटोमा हिँडाउन एमालेले मात्रै सक्छ : ओली

पाँचथर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारबाट बाहिरिए पछिको दुई वर्षको अन्तरालमा देश अधोगतितर्फ धकेलिएको बताएका छन् ।

एमाले पाँचथरद्वारा फिदिममा शनिबार आयोजित अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले मुलुकलाई सहि बाटोमा हिँडाउन एमालेले मात्रै सक्ने बताए ।

यस्तै उनले गुण्डागर्दीबाट पहिचान प्राप्त नहुने बताएका छन् । उनले पहिचानको राजनीति भन्दै दौडिनेले आफ्नो समुदायको हितमा लाग्नुपर्ने बताए । उनले कोशी प्रदेश नामाङ्कनको विरुद्धमा आन्दोलनरत पहिचावादी आन्दोलनकारीहरुलाई लक्षित गर्दै भने, ‘गुण्डागर्दीबाट पहिचान प्राप्त हुँदैन ।’

ओली फिदिममा रहँदा पहिचानवादी आन्दोलनकारीले अध्यक्ष ओलीको विरुद्धमा कालो झण्डा देखाउनुका साथै मसाल जुलुस प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077