Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राप्रपा अध्यक्ष लिङ्देनले भने- सरकारले माग पुरा नगरेसम्म हाम्रो साथ रहन्छ

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरु गरेको आन्दोलनलाई समर्थन जनाएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको टोलीले धर्ना स्थलमा पुगेर पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई संस्थागत समर्थन जनाएएका हुन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनले अनुसन्धान, नवप्रवर्धन र आविष्कार प्रवर्द्धनको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताए ।

अध्यक्ष लिङ्देनले भने, ‘उहाँहरूले उठाएको कुरामा सरकारले सम्बोधन गर्नुपर्छ। तर, उहाँ जस्तो मान्छे सडकमा आएर धर्ना बस्न बाध्य बनाएको छ। सरकारले माग पुरा नगरेसम्म हाम्रो साथ रहन्छ। यो कुनै तर्कबाट टाल्नुपर्ने होइन।’

अध्यक्ष लिङ्देनले पूर्व लडाकु र स्वास्थ्य उपचारको लागि करोडौँ पैसा बाँड्नु भन्दा पनि सरकारले आविष्कारको लागि खर्च गर्नु पर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आएर पुनसँग तत्काल सम्झौता गर्नुपर्ने बताए। संसदबाट कानुन बनाएर भए पुनको माग सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077