Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

डाक्टरको घरमा मृत फेला परिन् स्टाफ नर्स

काठमाडौं । वीर अस्पतालमा कार्यरत स्टाफ नर्स बोहराटारमा मृत फेला परेकी छिन् ।

काठमाडौं महानगरपालिका १६ बोहराटारस्थित सुजन ढकालको घरमा अन्दाजी २९ वर्षीया अनुमा श्रेष्ठ मृत फेला परेकी हुन् ।

श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा बोहोराटारस्थित ढकालको घरमा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सुजन ढकाल भने विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत डाक्टर हुन्। उनीहरूबीचको सम्बन्ध पनि नखुलेको प्रहरीले जनाएको छ।

शनिवार अपराह्न ३ः५२ बजे अनुमाले आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले खबर गरेपछि प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077