Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रहरीका इन्स्पेक्टरले हवल्दार कुटे

काठमाडौं । नेपाल प्रहरीका एक इन्स्पेक्टर (प्रहरी निरीक्षक) ले हवल्दारमाथि कुटपिट गरेका छन्।

जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि हातपात गरेका हुन्।

प्रशासन स्रोतका अनुसार शनिबार मादक पदार्थ सेवन गरेका ३७ वर्षीय आरसीलाई सोही विषयमा सम्झाउँदा दुई जनाबीच विवाद चर्किएर हात हालाहालको अवस्था बनेको थियो।

आँखामा गम्भीर चोट लागेका उनलाई डोल्पामा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी गरिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको र दोषीलाई विभागीय कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077