Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बढुवा नभएको झोकमा एसपी आभूषण तिम्सिनाद्वारा राजीनामा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिनाले राजीनामा दिने घोषणा गरेका छन् ।

एसएसपी बढुवामा आफुमाथि अन्याय भएको भन्दै एसपी तिम्सिनाले सामाजिक संञ्जाल मार्फत राजीनामा घोषणा गरेका हुन् ।

एसपी तिम्सिनाले संगठनले अयोग्य ठानेर बढुवा नदिएपछि राजीनामा दिएको बताए ।

एसपी तिम्सिनाले लेखेका छन्, 'अन्याय, बिभेद, अत्याचार, भेदभाव, थिचोमिचोको शिकार भएका आम नेपाली सर्वसाधारण नागरिकलाई न्याय दिलाउने संबैधानिक उद्धेश्य लिएर स्थापना भएको नेपाल प्रहरी जस्तो पबित्र संस्थामा म आफैं अन्यायमा परेको कृत्रिम सुखानुभुति गरेर आफैं अन्यायमा परेको भावनाले पिडीत व्यक्तिको रुपमा कसरी नागरिकका हक अधिकारको संरक्षण गर्न सक्छु र कसरी देश प्रतिको प्रगाढ आस्थालाई जीबन्त राख्न सक्छ भनेर मैले मेरो जागिरलाई निरन्तरता दिएर आम करदाता नेपाली नागरिकको काँधमा बोझको रुपमा रहिरहनु उचित नलागेर मैले मेरो जवानी लुटाएको संस्थाबाट अलग्गीने निर्णय गरेको छु।'

तिम्सिनाले नेपाल प्रहरी जस्तो पबित्र संस्थामा आफैं अन्यायमा परेको बताएका छन् । एसपी तिम्सिना जहाँ जाँदा पनि अराजक गतिविधिका कारण चर्चामा आईरहन्थे ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077