Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पहिरोले थुनिएको अरुण नदी ८ घण्टापछि खोलियो

संखुवासभा । सुक्खा पहिरोले थुनिएको अरुण नदी खुलेको छ ।

मकालु गाउँपालिका–३ र ५ निर्माणाधिन अरुण–३ जलविधुत् आयोजनाको डाइभर्सन टनेलमा ड्याम भन्दा माथिबाट पानी ओभर फ्लो भएर बग्न थालेको हो।

मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि अरुण नदी थुनिएको थियो ।

८ घण्टा अघिबाट पहिरोले नदी थुनिएपछि दुई किलोमिटर माथिसम्म ताल बनेको थियो ।

अहिले पानी बग्न थालेपछि अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ ।

थुनिएको ड्यामको उचाई २६ मिटर रहेको र करिब २७ मिटरबाट ओभरफलो भएर पानी बगेको हुनसक्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077