Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलीको टिप्पणी- राजतन्त्र कि मूर्खले मान्छ, कि स्वार्थीले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र मान्नेहरु स्वार्थी, फटाहा, मुर्ख र अज्ञानी हुने टिप्पणी गरेका छन्।

एमाले निकट अखिल नेपाल किसान महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

स्वार्थी तत्वहरुले मात्र अपराधीकरणका लागि राजतन्त्र मान्ने उनको तर्क छ।

त्यस्तै,  पहिचान पक्षधरको आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको पनि संलग्नता रहेको भन्दै आफूमाथि भएको ढुङ्गामुढा पनि शाह र उनका परिवारको पनि संलग्नता देखिएको आरोप लगाए ।

ओलीले पूर्वको कार्यक्रममा ठाउँ-ठाउँमा आफुलाई आक्रमण गर्ने मान्छेहरु एउटै रहेको उल्लेख गर्दै यी सबै क्रियाकलापमा सरकार भने मुकदर्शक बनेको बताए ।

ओलीले भने, 'हरेक ठाउँमा उनीहरुले निषेध गर्ने खोज्ने, रुख ढालेर छेक्न खोज्ने । काही ढुंगा हान्ने, काही भिडन्त गर्न आउने । यो खालको उदण्ड मच्याउँदा पनि सरकार मुकदर्शक देखियो।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077