Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पहिरोले थुनिएको ८ घन्टापछि बग्न थाल्यो अरुण नदी

सङ्खुवासभा । सङ्खुवासभामा मकालु गाउँपालिका–३ र ५ मा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनिएको अरूण नदी बग्न थालेको छ।

पहिराले थुनिएको अरुण नदी विस्तारै ड्याम माथिबाट बग्न थालेको हो । अरुण नदी थुनिएको आठ घण्टापछि ड्याम भरिए बग्न थालेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

सङ्खुवासभा प्रहरीका अनुसार दिउँसो ३ बजेदेखि नदी आफ्नै धारमा फर्किएको हो।

अरुण थुनिएपछि २६ मिटर अग्लो बाँधमा पानी भरिएको थियो । बाँधमा पानी जमेपछि करिब २ किलोमिटर परसम्म ताल बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077