Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्री भुसालको गुनासो - कृषिको बजेट नकाटौँ भन्दा अर्थमन्त्री र प्रधानमन्त्रीले चासो दिएनन्

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो नदिएको बताएका छन् ।

आइतबार काठमाडौंमा पेसागत महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताएका हुन् ।

उनले आउँदो आर्थिक वर्षको बजेटमा कृषि मन्त्रालयको बजेट पनि कटौती गरेको भन्दै असन्तुष्टि जनाए ।

उनले कृषि मन्त्रालयको बजेट कटौती नगर्न अर्थमन्त्री डा. प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरे पनि अर्थतन्त्र सङ्कटमा रहेको भन्दै आवश्यक चासो नदिएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077