Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निमावि तह शिक्षकको लिखित परीक्षाको नतिजा प्रकाशित, झण्डै १३ हजार उतिर्ण

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजा प्रकाशन गरेको छ ।

वैशाख ९ गते लिएको सामान्य परीक्षाको नतिजा प्रकाशन गरेको हो । उक्त परीक्षामा सातै प्रदेशबाट ६७ हजार १८० जना परीक्षार्थी सहभागी थिए ।

जसमा १३ हजार ९३९ जनाले मात्रै सामान्य परीक्षा पास गर्न सकेका छन् । जुन २०.७४ प्रतिशत हुन आउँछ ।

परीक्षामा सहभागी ५३ हजार २४१ जनाले सामान्य परीक्षा पास गर्न नसकेको आयोगले सार्वजनिक गरेको नतिजाबाट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077