Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आगलागीका घटना न्यूनीकरणका लागि नीति बनाउन पहल गर्छु : नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा आगलागीबाट हुने घटना कम गर्न तथा आगलागीबाट हुने मृत्युदर कम गर्न आफूले पैरवी गर्ने बताएका छन् ।

भारतमा उपचार गरेर आइतबार स्वदेश फर्किएका नेता भण्डारीले ‘कुनै पनि नेपालीले आगोमा जल्न नपरोस्, आगलागीमा परेको कुनै पनि नेपाली मर्नु नपरोस्’ भनेर अब आफूले अभियान चलाउने बताएका हुन्।

‘जुन दिन अब चाहीँ बाँच्छुजस्तो लाग्यो, नेपालमा आगलागीबाट हुने घटना कम गर्न तथा आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्छु, काम गर्छु भन्न संकल्प गरें। त्यसैले, मेरो अभियान हुनेछ– कुनै नेपालीले आगोमा जल्नु नपरोस्, आगलागीमा परेको कुनै पनि नेपालीले मर्नु नपरोस्,’ उनले भने ।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुदाँ आगालागीमा परी गम्भीर घाइते भण्डारी झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्किएका हुन् । उनको उपचार तीन महिनादेखि भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा भएको थियो। अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ। उनी बोल्न र हिँड्नसमेत सक्ने भएका छन्।

सो आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। तर हरिकलाको भने उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077