Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल क्रिकेट : राजस्थानलाई हराउँदै मुम्बईको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई ६ विकेटले हराउँदै मुम्बई इन्डियन्सले जित निकालेको छ ।

आइतवार राति भएको खेलमा मुम्बईले २१३ रनको लक्ष्य हासिल गरेर जितेको हो ।

वाङखडे मैदानमा भएको खेलमा जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो ।

जितसँगै मुम्बईले प्लेअफको सम्भावना कायमै राखेको छ । मुम्बई ८ खेलमा ४ जितसहित अङ्कतालिकाको सातौँ स्थानमा छ । राजस्थान ९ खेलमा ५ जितसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077