Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तातोपानी नाकाबाट चीनतर्फ निर्यात सुरु

काठमाडौं । तातोपानी नाकाबाट चीनतर्फ निर्यात सुरु भएको छ । भूकम्पले पुर्याएको क्षतिका कारण बन्द भएको ८ वर्षपछि आज मे १ देखि चीनतर्फ निर्यात सुरु भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैतमा चीनसँग भएको छलफलको परिणामस्वरूप १८ वैशाख देखि चीनतर्फका सबै नाका खुल्न लागेका हुन् ।

मन्त्रालय सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच नाका खोल्ने बारेमा सहमति भएको थियो । २०७२ सालको भूकम्पबाट तातोपानी नाकातर्फको सडकमा पूर्ण क्षति पुगेको थियो ।

जसकारण, चीनतर्फको निर्यात बन्द भएको थियो । यद्यपि, यसबीचमा नेपालतर्फको आयात भने निरन्तर भइरहेको थियो । भूकम्पले क्षति पुर्याएको ४ वर्षपछि चीनले तातोपानी तर्फको सडक, मितेरी पुल र सुख्खा बन्दरगाह समेत बनाइदिएको थियो ।

तातोपानी नाकाबाट मुढासहित अन्य हस्तकलाका सामाग्री तीन कन्टेनरमा पठाएर निर्यात खोलिएको छ । भूकम्प र पराकम्पनले नाका बन्द हुनुअघि यही नाकाबाट हस्तकला, वनस्पति, जडीबुडी, चाउचाउजस्ता एक सय ८२ प्रकारका सामग्री निर्यात हुने गर्थे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077