Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सांसद कोइरीलाई निलम्बन गर्न माग गर्दै प्रहरीले संसद सचिवालयमा पठायो पत्र

    सांसद कोइरीलाई निलम्बन गर्न माग गर्दै प्रहरीले संसद सचिवालयमा पठायो पत्र

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । फौजदारी अभियोग लागेपछि फरार नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गर्ने तयारी गरिएको छ ।

    प्रहरी प्रधान कार्यालयले सांसद कोइरी फरार रहेको भनी दोस्रो पटक संघीय संसद सचिवालयलाई पत्र लेखेको छ ।



    यसअघि प्रहरी प्रधान कार्यालयले गत पुस ७ गते कोइरी फरार रहेको भनी संसद सचिवालयलाई पत्र पठाएको थियो ।



    प्रतिनिधि सभा नियमावली २०७९ अनुसार कोइरी फरार रहेको र उनलाई निलम्बन गर्नुपर्ने माग प्रहरीले राखेको हो ।

    मधेस आन्दोलनका क्रममा महोत्तरीमा असइ थमन विकको हत्याको आरोपमा सांसद कोइरीमाथि जेल सजाय सुनाइएको छ ।

    सो जेल सजाय सुनाएका कोइरीलाई पक्राउ गर्न चौतर्फी दबाब बढेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार