Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

हिरासतबाट फरार भएका थुनुवा २५ दिनपछि पक्राउ

महोत्तरी। उपचार गराउन जनकपुरधाम ल्याएको बेला प्रहरी हिरासतबाट फरार भएका जलेश्वर कारागारका एक थुनुवा पक्राउ परेका छन् ।

महोत्तरी लोहारपट्टी नगरपालिका ९ का २१ वर्षीय कृष्ण यादव २५ दिनपछि पक्राउ परेका हुन्।

यादवलाई खोज तलास गर्ने क्रममा सोमबार राति १० बजे जलेश्वर नगरपालिका९३ स्थित मलिबाराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका यादव बिरामी भएपछि चैत २४ गते उपचारका लागि जनकपुरधाम स्थित हाड जोर्नी डाक्टर मनोजप्रसाद गुप्ताको क्लिनिकमा उपचारको लागि ल्याइएको थियो ।

शौचालयमा पिसाब गर्न पसेपछि भेन्टिलेसन फोडेर फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077