Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बधाई दिँदै मुख्यमन्त्री पाण्डेले भने– गण्डकीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउँछौं

काठमाडौं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत पाण्डेले एसीसी प्रिमियर कपमा यूएईविरुद्ध शानदार जित निकालेकोमा नेपाली टोलीलाई शुभकामना तथा बधाइ दिँदै रंगशाला निर्माणको प्रतिबद्धता जनाएका हुन् ।

मुख्यमन्त्री पाण्डेले भने, ‘गण्डकीको क्रिकेट विकासका लागि प्रदेशभित्र अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि यही वर्षबाट आवश्यक बजेट विनियोजन गरि पूर्वाधार निर्माणको काम थालनी गर्ने प्रतिवद्दता जनाउँदछु ।’

उनले क्रिकेटसंग सम्बन्धित विज्ञहरुसँग छलफल गरेर उत्कृष्ट रंगशाला निर्माण गर्न तयारी थालिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077