Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले मोटरसाइकल चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई काठमाडौंको विभिन्‍न स्थानहरुबाट मोटरसाइकलहरू चोरी हुने गरेको उजुरीको आधारमा बिहीबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई हाल ललितपुरको भैसेपाटी बस्‍ने २५ वर्षीय विजय पाख्रिन र काभ्रेको तिमाल गाउँपालिका-७ धुल्खु घर भई हाल बौद्ध नयाँबस्‍ती बस्‍ने २८ वर्षीय हेमा तामाङ रहेका छन् ।

पत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गत वैशाख १५ गते जिल्ला ललितपुर भैँसेपाटीबाट पाख्रिनलाई बाग्मती प्रदेश ०२-०२८ प ४४४८ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरेको थियो ।

प्रहरीले सोधपुछ गर्दै जाँदा बौद्ध नयाँबस्ती बस्ने तामाङले दिएको खुलाएका थिए । तामाङलाई यसबारे सोधपुछ गर्दा उक्त मोटरसाइकलको वास्तविक नम्बर बा-प्र-०२ ०२१ प ४१७२ खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत प्रहरी चापागाउँ पठाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077