Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

देशलाई बर्बादीबाट जोगाउन एमालेबाहेक कसैले सक्दैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक अवस्था संकटमा पुग्दा पनि सरकार भागबण्डामा रमाइरहेको बताएका छन् ।

एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले मुलुकको आर्थिक अवस्था संकटमा पुग्दा पनि सत्ता गठबन्धनको सरकार गम्भीर हुन नसकेको आरोप लगाए।

व्यपारिका प्रतिनिधि राखेर करका दर हेरफेर गर्दा एकाध व्यापारीले अर्बौं कमाएको तर देश घाटामा गएको उनको भनाइ छ।

उनले अबको डेड वर्षभित्र मुलुकको अर्थतन्त्रलाई सही बाटोमा फर्काउन नसकिने देश असफल राष्ट्रमा परिणत हुने खतरा पैदा हुने जिकिर गरे।

ओलीले छिटै सरकारले संसदमा ल्याउने नीति तथा कार्यक्रम नक्कली कागजको खोष्टो हुने र बहुमतका बलमा पारित गर्न खोजिने तर्क गरे।

उनले अर्थतन्त्रका कारण देश ध्वस्त हुने अवस्थामा पुग्दा सत्ताबाहेक केही नदेख्ने प्रवृति देखिएको बताए। अध्यक्ष ओलीले देशलाई बर्बादीबाट जोगाउने काम नेकपा एमालेबाहेक कसैले गर्न नसक्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077