Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् ।

दोस्रोपटक प्रहरीको पत्र पाएपछि सभामुख देवराज घिमिरेले मंगलबार फौजदारी अभियोग लागेका  कोइरीलाई प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम निलम्बन गरेका हुन् ।

प्रतिनिधिसभाको बैठक नचलेकाले सभामुखको निर्देशनअनुसार संघीय संसद् सचिवालयले सूचना टाँस गरी कोइरीलाई निलम्बन गरिएको जनाईएको छ ।

मधेस आन्दोलनका क्रममा महोत्तरीमा असइ थमन विकको हत्याको आरोपमा सांसद कोइरीमाथि जेल सजाय सुनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077