Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ऐलानी जग्गा व्यक्तिको नाममा विक्री, मालपोत अधिकृतसहित ४ विरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गलत लिखत तयार गरी ऐलानी जग्गामा बनेको घर राजीनामा पास गरिदिएर भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

अख्तियारले पर्साका तत्कालीन मालपोत अधिकृत पदम प्रसाद अर्याल र तत्कालीन नायव सुब्बा लेखनाथ भट्टराई, ज्याउल हक र एसानुल हक राकीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

पर्साको साविक अलौ गाविस वडा नम्बर ५ को कित्ता नम्बर ९२ को सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

उनीहरुले ऐलानी जग्गामा बनेको घर कानून विपरित भोगचलन गर्न हस्तान्तरण गरेका थिए । कानूनविपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यमा कर्मचारीलाई सहयोग गरी आफूहरूले पनि फाइदा लिई नेपाल सरकारलाई हानी पुर्‍याएको पुष्टि भएको हुँदा ज्याउल हक र एसानुल हक राकीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको प्रवक्ता दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077