Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

एमाले सांसद कोइरीलाई निलम्बन गरिएको सूचना प्रकाशित

काठमाडौं । सभामुख देवराज घिमिरेले एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बन भएको जानकारी सूचना प्रकाशित गरेका छन् ।

हत्या अभियोगमा कोइरी फरार अभियुक्त रहेको भन्ने व्यहोराको प्रहरीको पत्र सभामुखसमक्ष पुगेपछि मंगलवार कोइरीलाई निलम्बन गरिएको हो ।

प्रतिनिधि सभाको अधिवेशन अन्त्य भएकाले सभामुखले सूचना प्रकाशित गरेर उनी निलम्बनमा परेको जानकारी गराए ।

मधेस आन्दोलनका बेला २०७२ भदौ २५ गते आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।

विकको हत्यामा कोइरीको संलग्नताबारे उच्च अदालत जनकपुरले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

फरार रहेकै अवस्थामा कोइरी नेकपा एमालेको तर्फबाट महोत्तरीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077