Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

दार्चुला हिमपहिरो : सात जना सम्पर्कमा, पाँच बेपत्ता

दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिका–१ बोलिनमा यार्सागुम्बा खोज्न गएका व्यक्तिहरू हिमपहिरोमा परेका छन् । यार्सागुम्बा टिप्न गएका १२ जना स्थानिय त्रिपालमा बसिरहेको बेलामा हिमपहिरो गएको हो ।

हिमपहिरोमा परेका १२ मध्ये ४ महिला १ पुरुष गरी ५ जना बेपत्ता भएका सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

लगातार पानी र हिउँ परेका कारण उद्धारमा कठिनाइ भएको बताइएको छ । १२ मध्ये ६ पुरुष र १ महिलासहित ७ जना सकुशल अवस्थामा सशस्त्र प्रहरीको सम्पर्कमा आएका छन् ।

सम्पर्कमा आएका ७ जनासहित अन्य १३ जना सशस्त्र प्रहरी बलको टोलीसँगै सुरक्षित स्थानतर्फ फर्किरहेका उनले बताए । मौसम खराब भएका कारण बेपत्ताको खोजी हुन सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077