Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • दार्चुला हिमपहिरो : सात जना सम्पर्कमा, पाँच बेपत्ता

    दार्चुला हिमपहिरो : सात जना सम्पर्कमा, पाँच बेपत्ता

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 612
    SHARES

    दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिका–१ बोलिनमा यार्सागुम्बा खोज्न गएका व्यक्तिहरू हिमपहिरोमा परेका छन् । यार्सागुम्बा टिप्न गएका १२ जना स्थानिय त्रिपालमा बसिरहेको बेलामा हिमपहिरो गएको हो ।

    हिमपहिरोमा परेका १२ मध्ये ४ महिला १ पुरुष गरी ५ जना बेपत्ता भएका सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।



    लगातार पानी र हिउँ परेका कारण उद्धारमा कठिनाइ भएको बताइएको छ । १२ मध्ये ६ पुरुष र १ महिलासहित ७ जना सकुशल अवस्थामा सशस्त्र प्रहरीको सम्पर्कमा आएका छन् ।



    सम्पर्कमा आएका ७ जनासहित अन्य १३ जना सशस्त्र प्रहरी बलको टोलीसँगै सुरक्षित स्थानतर्फ फर्किरहेका उनले बताए । मौसम खराब भएका कारण बेपत्ताको खोजी हुन सकिरहेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार