Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बझाङमा हिमपहिरोमा परेर ३ जना बेपत्ता, दुई जना घाइते

    बझाङमा हिमपहिरोमा परेर ३ जना बेपत्ता, दुई जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 561
    SHARES

    काठमाडौं । बझाङको पाटनमा हिमपहिरो जाँदा यार्सा संकलनका लागि गएका तीन जना बेपत्ता भएका छन् भने दुई जना घाइते छन् ।

    आइतबार बिहान सुर्मा गाउँपालिका-२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।



    प्रहरीकाका अनुसार सोही पाटनमा यार्सा संकलनका लागि गएका स्थानीयले हिमपहिरोबारे जानकारी दिएका थिए।



    हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन ।

    प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा र सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार