Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सामाखुसीमा बाढीले बगाउँदा १३ वर्षीय बालक बेपत्ता, खोजी कार्य जारी

    सामाखुसीमा बाढीले बगाउँदा १३ वर्षीय बालक बेपत्ता, खोजी कार्य जारी

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको सामाखुसीको नालामा खसेर एकजना बालक बेपत्ता भएका छन् । सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएको हुन् ।

    अविरल वर्षासँगै आएको बाढीले आइतबार साँझ मगरलाई बगाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार अपराह्न साढे ४ बजे घरबाट फुटबल खेल्न भनेर उनी र अर्का एक जना बालक निस्किएका थिए ।



    तर नालामाथि नै स्ल्याबहरू राखिएको र स्ल्याब नराखिएको ठाउँबाट बालक खसेको प्रहरीले जनाएको छ । प्रहरीको विपद व्यवस्थापन लगायत विभिन्न निकायको टोलीले खोजी गरिरहेको छ।



    जल तथा मौसम विभागले आइतबार साँझको वर्षापछि सामाखुसी र सो आसपासको क्षेत्रमा विष्णुमती नदीको बाढीले खतराको तह पार गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार