Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ताप्लेजुङको मेहेलेमा पहिरो : एकै घरका तीनसहित चारजना बेपत्ता

    ताप्लेजुङको मेहेलेमा पहिरो : एकै घरका तीनसहित चारजना बेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 969
    SHARES

    फाइल तस्विर

    ताप्लेजुङ । ताप्लेजुङमा पहिरोमा परि एकै घरका तीनसहित चारजना बेपत्ता भएका छन् । जिल्लाको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा पहिरो जाँदा चारजना बेपत्ता भएका हुन् ।

    घर माथिबाट आएको पहिरोमा परि यामकुमार बुढाथोकीकी श्रीमती भगीमाया बुढाथोकी, बुहारी सन्ध्या बुढाथोकी र नाति प्रज्ज्वल बुढाथोकी बेपत्ता भएको प्रहरीले जनाएको छ ।



    त्यही पहिरोमा परि हर्कबहादुर तामाङका छोरा गणेश तामाङ पनि बेपत्ता भएको बताइएको छ ।



    यस्तै, मैवाखोलामा आएको बाढीका कारण ताप्लेजुङको दोभानमा ५ वटा घर पहिरोको जोखिममा परेको स्थानीयले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार