Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जुम्लामा पुलबाट चिप्लिएका युवक नदीमा बेपत्ता

    जुम्लामा पुलबाट चिप्लिएका युवक नदीमा बेपत्ता

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 807
    SHARES

    फाइल तस्विर

    जुम्ला । जुम्लाको तिला गाउँपालिका १ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक युवा तिला नदीमा बेपत्ता भएका छन् ।

    आज बिहान ६ बजेतिर सो गाउँपालिका-६ का अन्दाजी १७ वर्षका मोहन रोकाया उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएका हुन् ।



    तिला-१ रारासेरी बजारबाट चामलको बोरा लिएर घरजाने क्रममा अस्थायी पुलबाट चिप्लिएर नदीमा खसेको खबर प्राप्त भएपछि प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।



    तिला नदीको पानी धमिलो भएकाले खोज्न समस्या भएको प्रहरीले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार