Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बाजुराको बाउली खोलाले ट्याक्टर बगायो, चालक बेपत्ता

    बाजुराको बाउली खोलाले ट्याक्टर बगायो, चालक बेपत्ता

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 669
    SHARES

    काठमाडौं। मार्तडी कोल्टी सडक अन्तरगत बडिमालिका नगरपालिका-९ बाउली खोलामा ट्याक्टर खोलाले बगाएको छ।

    खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टर चालक कैलालीको जोशीपुर गाउँपालिका–६ का डुबनारायण चौधरी बेपत्ता भएका हुन्।



    आइतबार राति कोल्टी जाने क्रममा अनाया खोलाले से २ त ३२२५ नम्बरको ट्याक्टर बगाएको थियो। उक्त ट्याक्टर २० मिटर तल ढुंगामा अड्किएको अवस्थामा भेटिएको छ।



    बेपत्ता चालकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार