Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • हिमपहिरोमा बेपत्ता भएका २ जनाको शव फेला

    हिमपहिरोमा बेपत्ता भएका २ जनाको शव फेला

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 504
    SHARES

    काठमाडौं । बझाङको पाटनमा हिमपहिरो जाँदा यार्सा संकलनका लागि गएका २ जनाको सब फेला परेको छ ।

    हिम पहिरोमा परि बेपत्ता भएकाहरूमध्ये दुई जनाको शव फेला परेको हो । आइतबार माथिबाट आएको हिउँ पहिरोमा परी जय पृथ्वी नगरपालिका ११ घर भएका वर्ष १८का रमिता धामी र वर्ष १४ का जामती धामी बेपत्ता भएका थिए ।



    आज बिहान उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । सु र्मा गाउँपालिका २ को धानसेरा भन्ने लेकमा गएको हिउँ पहिरोमा परी सोही गाउँपालिका वडा नम्बर ३ की ३८ वर्षिया रामकोइला देवी बोहराको हिजो नै शव फेला परेको थियो ।



    यस्तै घटनामा सुर्मा गाउँपालिका ३ बाबजी बोहरा र जय पृथ्वी नगरपालिका ११ घर भएका आकाश धामी घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार