Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बझाङ हिमपहिरो अपडेट : एकको शव भेटियो, खोजी कार्य जारी

    बझाङ हिमपहिरो अपडेट : एकको शव भेटियो, खोजी कार्य जारी

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 987
    SHARES

    काठमाडौं । बझाङको पाटनमा हिमपहिरो जाँदा यार्सा संकलनका लागि गएकामध्ये एक जनाको सब फेला परेको छ ।

    हिम पहिरोमा परि बेपत्ता भएकाहरूमध्ये एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।



    जिल्ला प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीका अनुसार अन्य २ जना घाइते भएको र २ जना अझै सम्पर्कविहीन रहेका छन् ।



    आइतबार बिहान सुर्मा गाउँपालिका-२ को धानशेरा भन्ने ठाउँमा यार्चागुम्बा सङ्कलनका लागि गएका ५ जना हिम पहिरोमा परि बेपत्ता भएका थिए ।

    बेपत्ता भएकाहरुको खोजी भइरहेको र उनीहरुबारे विस्तृत विवरण अझै आउन नसकेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार