Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा आफ्नै ७१ वर्षीय बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको पुनर्वास नगरपालिका–४ कार्कीचोक बस्ने ३० वर्षीय गणेशबहादुर खडका रहेका छन् ।

बुवा धनबहादुर खड्काको हत्या गरेको आरोपमा गणेशलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।

घरायसी झै–झगडा हुँदा गणेशले गएराति काठको लाठीसमेतले प्रहार गरी बुवाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077