Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दार्चुला हिमपहिरो : बेपत्ता पाँच जनाको परिचय खुल्यो, बिहानैदेखि खोजी सुरु

दार्चुला । दार्चुलामा हिमपहिरोमा परी बेपत्ता भएका पाँच जनाको परिचय खुलेको छ । हिमपहिरोमा फसेका १२ जनामध्ये ७ जनाको सशस्त्र प्रहरीले उद्धार गरे पनि ५ जना भने बेपत्ता छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका अनुसार उनीहरुको परिचय खुलेको हो । बेपत्ता हुनेहरुमा ४ जना महिला र १ जना पुरुष छन् ।

डोटीको जोरायल गाउँपालिका, बुँडरकी ४५ वर्षीया नक्नी डोल्मा थापा, २८ वर्षीया ईश्वरी थााप, १५ वर्षीया किशोरी क्षिमी सोमो थापा बेपत्ता छन्। यस्तै, दार्चुलाको दुहु गाउँपालिका घर भएकी कमला कुँवर र दुहु गाउँपालिकाकै प्रविण कुवर पनि बेपत्ता छन् । बहुमूल्य हिमालीट जडिबुटी यार्सगुम्बा संकलन गर्न गएकाहरु हिमपहिरोमा परेका हुन्।

दार्चुलाको ब्याँस गाउँपालिका–१ मा पर्ने भोलिन वनमा मंगलबार दिउँसो करिब ३ बजेतिर हिमपहिरो गएको थियो। पाल टाँगेर बसेका यार्सा संकलकहरु हिमपहिरोमा परेका थिए।

सशस्त्र प्रहरी बलको टोलीले मंगलबार साँझसम्म खोजी गरेको थियो। हिमपात जारी रहेका कारण खोजी कार्य कठिन भएपछि उद्धार गर्न गएको टोली फर्किएको थियो। बुधबार पनि खोजी कार्य जारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077