Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

तनहुँमा ट्रक दुर्घटना हुँदा ८ घाइते

तनहुँ । पृथ्वीराजमार्गको आबुखैरेनी-डुम्रे सडकखण्डमा ट्रक दुर्घटना हुँदा ८ घाइते भएका छन् ।

तनहुँको बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोलामा ट्रकले घरमा ठक्कर दिँदा ८ जना घाइते भएका हुन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । ना ४ ख १९७३ नम्बरको गाडी एउटा घरमा ठोक्किएको हो।

ट्रक चालक आँबुखैरहनी प्रहरीको नियन्त्रणमा छन् । अहिले राजमार्ग अवरूद्ध छ।

राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077