Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

म्यानमार सैनिक सरकारले दुई हजार बन्दीलाई आममाफी दिने

एजेन्सी । म्यान्माको सैनिक सरकारले दुई हजार एक सय ५३ जना बन्दीलाई आममाफी दिने भएको छ।

आगामी शुक्रबार बुद्धपूर्णिमाको अवसरमा सैनिक सरकारको विरोध गरेका बन्दीमध्ये केहीलाई रिहा गर्न लागिएको हो ।

दुई वर्ष अघि शासन व्यवस्था आफ्नो हातमा लिएको सेनाले आफ्ना विरोधीलाई धमाधम पक्राउ गरेको थियो।

अधिकतम तीन वर्ष जेलसजाय भोगेकाहरूमध्येबाट ती बन्दी रिहा हुन लागेका हुन्।

सैनिक सरकारको विरोध गरेको हजारौंलाई कारागारमा कोचिएको छ। सामान्यतया राष्ट्रिय पर्वका बेला म्यान्माले आममाफी घोषणा गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077