Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्धारा संघीय संसदको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संघीय संसदको अधिवेशन आह्वान गरेका छन्।

राष्ट्रपति पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक वैशाख २४ गते आइतबार अपरान्ह ४ बजे बस्ने गरी आह्वानगरेका हुन् ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

यसअघि गत वैशाख १५ मा संसद अधिवेशन अन्त्य भएको थियो। नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान भएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077