Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

घुससहित गोकर्णेश्वर उपभोक्ता समितिका अध्यक्ष अध्यक्ष पक्राउ

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्षसहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहन प्रसाद कुइकेल र बालुवा डिपो संचालक सुसान्त कुइकेल रहेका छन् ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ स्थित सो उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारीसहित योजनाको निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी दिन घूस मागेको उजुरी परेको थियो ।

उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले निजहरु लक्ष्मण अधिकारी, मोहन प्रसाद कुइकेल र सुसान्त कुइकेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

नगरपालिकाबाट मर्मत तथा निर्माणको काम लिइ ठेक्का लगाएपछि सेवाग्राहीबाट घुस मागेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दा रकम लिइसकेको अवस्थामा उनीहरू पक्राउ परेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077