Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मकवानपुरबाट झन्डै ५१२ किलो गाँजासहित दुईजना पक्राउ

मकवानपुर । मकवानपुरमा प्रहरीले ठूलो परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार कैलाश गाउँपालिका-४ स्थित कटुन्जेबाट ५११ किलो ९०० ग्राम गाँजासहित दुईजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोही ठाउँका राधाकृष्ण रिजाल र उत्तम रिजाल छन् । राधाकृष्णको घरबाट ३२७ किलो ८०० ग्राम र उत्तमको घरबाट १८४ किलो १०० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077