Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विज्ञापन बोर्ड फेर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

दाङ । दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

करेन्ट लागेर रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं १२ घर भइ दाङको तुलसीपुर बस्दै आएका २८ वर्षीय महेश विकको मृत्यु भएको हो ।

तुलसीपुर उपमहागरपालिका वडा नं ६ मा रहेको आफ्नो कार्यालयको विज्ञापन बोर्ड फेर्ने क्रममा विकलाई करेन्ट लागेको थियो ।

विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा गए राति मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077