Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

टोपबहादुर रायमाझी पक्राउ परेपछि एमालेले भन्यो - कानुन पालना गर्न सघाउँछौं

काठमाडौं । नेकपा एमालेले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीमाथिको अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएको छ ।

एमालेले ठगी प्रकरणमा आग्रह–पूर्वाग्रह नराखी अनुसन्धान गर्न र कानुन पालनामा सघाउन पार्टी तयार रहेको जनाएको हो ।

एमालेले कानुनको कार्यान्वयन गर्न र दोषीलाई कानुनको कठघरमा ल्याउन पार्टीले सहयोग गर्ने नीति रहेको जनाएको छ ।

नक्कली डकुमेन्टका आधारमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा जोडिएको भन्दै सचिव रायमाझीविरुद्ध बुधबार वारेन्ट जारी भएको थियो ।

उनलाई प्रहरीले बिहीबार भैरहवाबाट पक्राउ समेत गरिसकेको छ । नक्कली शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन्।

गएराति पक्राउ परेका उनलाई आज बिहानै बुद्ध एयरको विमानमार्फत् काठमाडौं ल्याइसकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077