Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बिहीबार फेरि नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केहिदिन यतादेखि लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

बुधबार तोलामा एक हजार आठ रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेर एक लाख ११ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा आठ सय रुपैयाँ बढी हो।

यसअघि २०७९ चैत २२ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

यता बिहीबार चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077