Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रविलाई सरकारमा ल्याउने विषय फाइनल भएको छैन : माधव नेपाल

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् ।

कैलाली आएका अध्यक्ष नेपालले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनु पर्ने बताएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘छलफल भइरहेको छ पहिले पनि ल्याउने भन्ने सहमति भइसकेको थियो । मन्त्रालयको पनि टुंगो भइसकेको थियो । अब यसलाई लागू गराउने कुरामा पनि पोजेटिभ कुराहरू छन् । गठबन्धनमा सामूहिक छलफल भएपछि टुंगिन्छ । अहिलेसम्म फाइनल भएका छैन ।’

अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई आफूले रवि लामिछानेलाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव दिएको बताए । रवि गृहमन्त्रालयकै जिम्मेवारीमा फर्केपनि नागरिकता र राहदानीको दुरुपयोग विषयमा प्रभाव पार्न नमिल्ने अध्यक्ष नेपालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077