Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • निजामती ऐन जारी गर्न माग गर्दै सिंहदरबारको गेटमा कर्मचारीको धर्ना

    निजामती ऐन जारी गर्न माग गर्दै सिंहदरबारको गेटमा कर्मचारीको धर्ना

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 516
    SHARES

    काठमाडौं । संघीय निजामति कर्मचारी सेवा ऐन जारी गर्न माग गर्दै निजामति कर्मचारीहरुले सिंहदरबारमा धर्ना दिएका छन् ।

    संगठनहरुले आन्दोलन नगर्ने भनेपनि कर्मचारीहरुले भने बिहीबार सिंहदरबारको दक्षिण गेटमा सांकेतिक धर्ना दिएका हुन्।



    उनीहरुले २४ गतेसम्म पनि सरकारले आफूहरुका मागलाई चासो नदिए सिंहदरबारको काम ठप्प बनाउने र देशभर आन्दोलन अझै चर्काउने चेतावनी समेत दिएका छन् ।



    सरकारले भने बिहिबार निजामती कर्मचारीका माग सम्बोधन गर्न उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार